नमस्ते

<strongनेपालमा सामुदायिक पुस्तकालय खोल्ने उदेश्यले खोलिएको यो वेबसाइटमा तपाईलाई स्वागत छ ।.

आमाको काख मा बसेर कथा सुन्दै ननिदाएको को होला र ! पौष को जाडो रातमा सिरकमा गुम्सिदै उपन्यास पद्नु र त्य्स मै हराउनु को पनि बेग्लै मज्जा छ | किताबले साच्चै हामीलाई सपनाको बेग्लै संसारमा लैजान्छ, सुन्दर संसारमा । तिनै सपनाहरुले बालबालिकाहरुमा सृजनसिलाता को ढोका खोलिदिन्छ। र तिनै किताबहरु पछि गएर व्यतिगत र व्यबसायिक सफलता का सम्बाहक बनछन् । सानै उमेरदेखि बालबालिका हरुलाई ति सपनाहरु देखाएर एक जिम्बेबार नागरिक बन्न किताबहरू मद्धत गर्नेछन । सायद येसले हाम्रो समाज अझ राम्रो बनाउन मद्धत गर्नेछ । भनिन्छनि ज्ञानबाट सबै कुरा सम्भब छ ।   आउनुहोस हामी पनि यो ज्ञान बाड्ने अनुकरणीय काम मा सहयोग गरौ । तपाइको सानो सहयोग ले हामीलाई यो काम आगाडी बढाउन धेरै मद्धत गर्नेछ ।